गगनको बोल
- Jul 17, 2024
- 1 min read
Updated: Jul 18, 2024
नरम र हलुका देखिने बिशाल गगन
हिड् हल्ल्लिचल्ली गर्ने
देखिने सुर्यले पुर्याउछ उर्जा सारा धर्तिलाई
दैनिक खेलेको भकुन्डो झै समयले गर्दछ परिवर्तन चन्द्रमालाई
कसले सजायो होला त आकशलाई यसरी ?
मुल नभएको शृजनाले रङयो यस धर्तिलाई
जीवनको अर्थ र मानवको स्वर्थलाई
एकता दियो यही गगनले हामीलाई
चन्द्रमालाई टोलाई बसे
पुर्ण भने सधै अपुर्ण हुने सन्केत समेटे
सुर्य हेरी एकान्तको वीर्य देखे
एक्लै बसी संसारलाई ज्योती फाले
बादल हेरी स्वतन्त्रताको रमाइलो बुझे
चरा सुनी हर्षकै स्पर्श गरे
तारा गनी एकताको अध्यायन गरे
मेरो चाहनाले आकशको अनुभूति चाहन्छ
मेरो पैलाले गगन खेदाउदै हिड्छ
जती नजिक हिड्यो, त्यती टाढा चल्छ
धर्ती र चरणहरूको प्रेरणा आकाश
उज्यलो खोज्न नहिड्नु है टाढा
गुरुकुल बन्छ यही प्रकाश
Comments