top of page

डरका भाकाहरु

  • Jul 17, 2024
  • 1 min read

Updated: Jul 18, 2024

मनको एक कुनामा रहेको चिसो छेउ

बोली फुट्दैन त्यो भावनाको तापमानबारे

आफ्नै सोचबाट उभ्रेका ति खतरनाक लेउ

अन्धाकार बिच हरएका मेरा पाइला 

खोज्दै गए केहि द्वारका चिन्ह 


कहाँ होला त उर्जा ?

कहाँ होला त हर्ष ? 

डर अझै डौडिदो रहेछ यि सारा कुनामा 

के मेरो उमेर यतै बित्छ त ?

के मेरो स्वतन्त्रता यतै थुनिन्छन त ? 


भन्छन सरा डर आफ्नै आत्माको सामर्थ्यमा हुन्छ 

खै त मेरो सामु अन्धाकारको रंग मात्रै छ

खै त मेरा नयनको ज्योतिले केहि रहस्य खोलेनन्

मेरा डरका निःश्वास यही बस्छन्, स्थानान्तरण गर्दैनन्

भन्छन यसका सुत्र आफ्नै हातमा लेखिएका हुन्छन्

मेरो हत्केला भने शून्यमा नै अढिन्छन्


यसको निमन्त्रणा गर्‍यो 

यसको बिदाइको सुत्र खोज्

बलको साहास र आत्माको साथ खोज

Comments


Untitled

Read and Change

  • Facebook
  • Instagram

© 2023 Lekha

bottom of page