top of page

परिवरको प्रहार

  • Aug 2, 2024
  • 1 min read

तिमीले मलाई हेला गरेर केहि पनि पाउदैनौ

हेला गर्ने बेला गयौ अहिले दु:खा परेको समयमा

एक चोटी भेट्न पनि आउदैनौ

हजारऔ चोटहरु दियौ खुशी कहिल्यै दिएनौ

मेरोलागि तिम्रो मुखमा कहिल्यै नै राम्रो शब्द लिएनौ

तिमीले मलाई जती चोट दिएपनी कहिल्यै केहि भनिना

तिम्रो राम्रो होस भने तिम्रो साथमा पनि रहिन

तिम्रो खुशीकोलागी घर होइन

घर नभए बहिरै, घर छोडी आए

त्यहिपनी थाहा छैन काहा आइपुगे


मसँग राम्रो वचन बोल्दा तिम्रो के जान्थ्यो र ?

तिमी एक्चोटी बोलेको बासी रहन्थ्यो र ?

माया गर्न नसके घृणा पनि नदेउ

अझै पनि माफ गरिदिन्छ मेरा एउटा कुरा मात्रै मानिदेउ

तिम्रो छोरा र म, के फरक थियो र ?

एक गास मिठो खाना र राम्रो नाना

कहिल्यै दियौ र ?

मेरो आशुले, मेरो रगतले तिमीलाई कहिल्यै बाटो दिदैन

कती धेरै चोटहरु दिएका छौ, म कहिल्यै भुल्दिन्

एक गास खाना खादा, खुट्टा फ्याक्यौ मेरा पेटमा

भुइ पुस्दा, भुतालेर ल्यायौ ढोकामा

ल, भन अब मलाई यस्तो गरेर

तिमीले के पयौ ?

तिमीले के पयौ ?


मेरो करणले आमालाई पनि सुख दिएनौ

कुटेर मर्न लाग्दा पनि शृमती भनेनौ

म त तिम्री सौतेनी छोरि, हेला गर्नु गर्यौ

आमा त तिम्रो शृमती हो, क सोचेर यस्तो गर्‍यौ ?

Comments


Untitled

Read and Change

  • Facebook
  • Instagram

© 2023 Lekha

bottom of page